वडाध्यक्ष नै जुवा खेल्न थालेपछि…

रातोघर

 २०८० श्रावण १९, शुक्रबार  मा प्रकाशित
५५७ पाठक संख्या


डाेटी ।

पूर्वीचौकी गाउँपालिकाका दुई जना वडाध्यक्षलाइ जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले धनगढी बसपार्कस्थित कलेल होटलमा जुवा खेल्दै गरेको अवस्थामा दुई जना वडाध्यक्षलाई प्रक्राउ गरेको हो ।

प्रहरीले गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष योगेन्द्र ठकुल्ला र वडा नम्बर ५ का वडाअध्यक्ष खड्क साउँद जुवाको खालबाट रकमसहित पक्राउ परेका हुन् । प्रहरीले नेकपा माओवादीका केन्द्र तथा समाजवादीका कार्यकतासहित प्रक्राउ गरेको जनाएको छ ।उनीहरुबाट १ लाख ४ हजार रुपैयाँ नगद, तासको गड्डीलगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban