

सिमरा ।
जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको छैठो स्थापना दिवस एक भव्य कार्यक्रमका बिच केक काटेर मनाइएको छ । संघको आफ्नै सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले नीजि क्षेत्रको सबै समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।
मन्त्री रिजालले सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगले तिर्नुपर्ने जग्गाको भाडा न्यून गरेर व्यवसायीलाई आकर्षित गर्ने योजना बनाइरहेको जानकारी दिंदै निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिन समेत उपलब्ध गराउन सकिने बताए ।
मन्त्री रिजालले बारा र पर्साका स्थानीय तहले कवाडीको नाममा कच्चा पदर्थमा समेत अनावश्यक कर लगाएको आरोप लगाउदै कर हटाउन आग्रह गरेको छन् ।
उनले यो कर नहटाए संघीय सरकार समाधान निकाल्न छलफल गरी अगाडी बढने जनाए । उनले ब्यक्तीले आर्जन गरेको आयकर तिरेपनि एकिकृत सम्पती कर लगाएर दोहोरो कर विश्वमा कतै नभएको धारण राखे ।
यस्तै उद्योगमा पि.पि. मोडेल अन्तर्गत ५० प्रतिशत भन्दा बढी जिम्मा निजी क्षेत्रलाई दिएर १५ देखि २० प्रतिशतसम्म व्यवस्थापनको जिम्मा सरकारले आफैँ राख्ने समेत मन्त्री रिजालले बताए ।
एक फरक प्रशंगमा मन्त्री रिजालले मागको आधारमा चामल निर्यात खोल्न भारत सहमत रहेको बताउँदै चामल आयातमा लगाएको प्रतिबन्ध बारेमा भारत सरकारलाई पत्रचार गरि सकेको समेत जानकारी दिए ।

कार्यक्रममा समाजका बिभिन्न व्यत्तित्वहरुलाई सम्मान कार्यक्रमको समेत आयोजना गरिएको छ । संघलाई बिभिन्न क्षेत्रबाट सेवा पुर्याउने तथा उद्योग र व्यवसायको प्रवर्धनमा सहकार्य गर्ने बिभिन्न बिधागत सम्मान हस्तान्तरण गर्दै संघका अध्यक्ष मोहन शर्मा लामिछानेले यस करिडोरका उद्योग र व्यवसायलाई प्रवर्धन र संरक्षण गर्न केन्द्र सरकारले गम्भिर भएर नलागे अवस्था भयावह रहेको बताए ।

यता नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुप्ताले भारतले चामलमा लगाएको प्रतिबन्धले नेपाल आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् । प्रचार गरिएजस्तो खाद्य संकट हुने अवस्था नभएको भन्दै उनले स्थानित तवरमा फैलिएको भ्रमको बिस्वास नगर्न समेत आग्रह गरे ।
कार्यक्रममा बिरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक दास, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य डा.सुबोध कुमार गुप्ता, उद्योग बाणिज्य महासंघका मधेश अध्यक्ष अशोक टेमानी, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, स्थानीय कृष्णब्रत सिंह, संघका पुर्व अध्यक्ष घनश्याम गिरी लगायतले उद्योग र स्थानीय उद्योग क्षेत्रका समस्याका बारेमा मन्तब्य राखेका थिएभने कार्यक्रमको संचालन संघका महासचिव प्रकास गिरीले गरेका थिए ।






Write your Comment