जीतपुरसिमरा ३ द्धारा सिलाई मेसिन बितरण

रातोघर

 २०८० श्रावण २०, शनिबार  मा प्रकाशित
७७८ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका ३ ले आफ्ना वडाका बेरोजगार युवा शक्तिलाई स्वरोजगार अभियान अन्तर्गत सिलाई मेसिन वितरण गरेको छ ।

४५ दिने तालिम पश्चात वडाले तालिममा सहभागीहरुलाई मेसिन उपलव्ध गराएको हो । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रशिक्षार्थीलाई मेसिन वितरण गर्दै वडा अध्यक्ष तारा बहादुर कार्कीले आफ्नो वडाका हरेक बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न अभियान मार्फत सिप विकार गरी स्वरोजगार बनाउने लक्ष्य रहेको बताएका छन् ।

करिव ४ लाखको बजेटमा आयोजना गरिएको सो तालिमले महिलाहरुमा आत्मबल बढेको बताउँदै कार्कीले तालिममा सहभागी सवै महिलाहरुले व्यवसायिक रुपमा आर्यआर्जनमा लाग्ने विस्वास लिएको बताएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban