वर्षाका कारण वीरगञ्जमा धानबाली डुबानमा, नगरप्रमुखद्वारा निरिक्षण

रातोघर

 २०८० श्रावण २३, मंगलबार  मा प्रकाशित
४०० पाठक संख्या


वीरगञ्ज ।

वर्षाका कारण वीरगञ्जमा सयौं बिगाहा धानबाली डुबानमा परेको छ । स्थानीय भेडाहा खोलामा आएको बाढीले किसानहरूको धानबाली डुबानमा परेको हो ।

वीरगञ्ज महानगरको वडा नम्बर ३० को लालपर्सा, प्रसोतिपुत टोल वडा नम्बर ३१ को बेलवा टोलका सयौं किसानको धान बाली डुबेको छ । भेडाहा खोलामा आएको बाढीले निकास नपाउँदा लालपर्सा टोलका केही घर पनि डुबानमा परेका छन् ।

बाढीले स्थानीय मुकेश ठाकुरको घर डुबेको छ । आफ्नो घरमा बाढीको पानी पसेकाले धर्मशालामा परिवार लिएर बसिरहेको उनले बताए । बाढीमा जंगलबाट विषालु सर्पसमेत बगेर आएको ठाकुरले जानकारी दिए । भेडाहा खोलाको बाढीले गर्दा वडा नम्बर ३० र २८ जोड्ने सडक अवरुद्ध भएको छ ।

यस्तै, वडा नम्बर २२ जगरनाथपुरदेखि मिलन चोक जोड्ने सडकखण्डसमेत बाढीले अवरुद्ध बनाएको छ । बाढी आएको खबर पाएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, महानगरका मेयर राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बाढीग्रस्त क्षेत्रको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा स्थानीयले खोलामा बाँध बनाउन जरुरी रहेको बताएका थिए । जवाफमा सांसद यादव र मेयर सिंहले स्थानीयकै अवरोधका कारण भेडाहा खोलामा बाध निर्माण गर्न नसकिएको बताएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban