जितपुरसिमरा उपमहानगरपालिकामा ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन सुरु

रातोघर

 २०८० श्रावण २४, बुधबार  मा प्रकाशित
३४२ पाठक संख्या


सिमरा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन सुरु गरेको छ । उपमहानगरपालिकाले २४ वटै वडाका पशुहरुलाई उक्त रोगविरुद्ध खोप लगाउन सुरु गरिएको हो ।

खोप कार्यक्रम संचालनका लागि उपमहानगरले ६ जना भ्याक्सिनेटरलाई खटाएको छ । विभिन्न वडाको जिम्मेवारी सहित खटिएका भ्याक्सिनेटरलाई सम्पर्क गरेर पशुचौपायामा लम्पी स्किन विरुद्धको खोप लगाउन आग्रह गरिएको छ ।

उपमहानगरका पशु चिकित्सक डा.सुबास झाले कार्यालयबाट खटिएका भ्याक्सिनेटरलाई सम्पर्क गरेर लम्पी स्किनको समस्या नदेखिएका पशुचौपायालाई खोप लगाउन अनुरोध गरेका छन् । लम्पी स्किनको समस्या देखिएका पशु चौपायालाई भने उक्त खोप नलगाउन आग्रह गरिएको छ

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban