

जनकपुर ।
सोमबारदेखि आएको अविरल वर्षाका कारण आएकाे बाढीबाट मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । बाढीबाट २ सय ३० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–२ का १७ वर्षीय अजय यादव, रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद भाट र सर्लाहीको हरिपुर्वा नगरपालिका –७ बसन्तपुरका ६० वर्षीय भोला चौधरी रहेका कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी विभिन्न खोलामा आएको बाढीले बगाउँदा अन्य चार जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साकाे सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाकाे गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया परियार रहेका श्रेष्ठले जानकारी दिए ।





Write your Comment