

सिमरा ।
बाराको कोल्हवीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एजेन्सी म्यानेजनको सम्पर्क कार्यालय स्थापना गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी कार्यालय भवनको उद्घाटन गरिएको छ । कार्यालयलाई नेपाल लाईफका एजेन्सी म्यानेजर श्रीराम साहले व्यवस्थापन गरेका हुन् । साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल लाईफ इन्स्योरेन्स अभिकर्ता संघका केन्द्रिय उपाध्यक्ष अम्बिका प्रसाद तेली रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेलिले बिमाको महत्व र यसको बारेमा गाउघरमा ब्यापक सचेतना फैलाउने गरी बिमाको कार्यक्रमलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे । उनले स्थानिय स्तरमा बिमाको चेतना अझै नपुगेको भन्दै जिवन बिमा कार्यक्रमलाई स्थानिय तहले पनी प्रवर्धन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नगर उध्योग बाणिज्य संघ कोल्हबिका अध्यक्ष लक्ष्मी साह कलवार, समाजसेवी तपेश्वर राय चौधरी, व्यवसायी सुकदेब साह रौनियार, नेपाल लाईफ निजगढ उपशाखा प्रमुख कमल बन्जारा, ई.प्र.का प्रमुख भोलामान अधिकारी लगायत एजेन्सी मेनेजरहरुको उपस्थिति रहेको थियो ।






Write your Comment