

सिमरा ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेलाई नियुक्त गरेको छ।
महासंघले पर्यटन तथा हवाई यातायातको क्षेत्रमा उनको योगदान एवं अनुभव प्रति उच्च कदर गदै बुधबार लामिछानेलाई पर्यटन तथा हवाई यातायात समिति को सभापतिमा चयन गरिएको नियुत्ती पत्र हस्तान्तरण गरिएको हो ।
जीतपुरसिमरा सहित मधेश प्रदेशको पर्यटन क्षेत्रमा २ दशकदेखि सक्रिय लामिछानेले प्रदेशको सुन्दरता, बजारीकरण र प्रचार प्रसार गदै बिश्व व्यापी रुपमा लैजानु पर्ने अठोटका साथ सक्रिय उनी बिदेशी पर्यटकहरुलाई प्रदेशमा स्वागत गर्न लागिपरेका एक पर्यटन अभियन्ताका रूपमा परिचित छन् ।
नेपाल भ्रमण वर्ष २०२० का मधेश प्रदेश स्तरीय पर्यटन प्रवर्दधन समितिको सदस्य, नेपाल पर्यटन बोर्डबाले गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सह संयोजक हुँदा मधेश प्रदेशको पर्यटनलाइ प्रवर्धन गर्न अहम भुमिका निर्वाह गरेका लामिछानेको नियुक्तीसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको महासंघले जनाएको छ ।
हाल उनी जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा० मधेश प्रदेशको अध्यक्ष, होटल व्यवसायी महासंघ मधेश प्रदेशको महासचिव हुन । साथै, उनी अप्सरा टुर एण्ड ट्राभल्स, होटल न्यू सगुन तथा ईलिफेन्ट भिलेज रिसोर्ट का सञ्चालक समेत हुन ।





Write your Comment