नेरामावि सिमराका क्षितिज चौधरीले ल्याए जिल्लाकै सर्वोत्कृष्ट जिपिए

नमुना क्षेत्री

 २०८० श्रावण ३१, बुधबार  मा प्रकाशित
४६३४ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्र क्षितिज चौधरीले जिल्लाकै सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।

राष्ट्रिय परिक्षा वोर्डले हिजो मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा वाणिज्य संकायका चौधरीले ३ दशमलव ८२ जिपिए ल्याएका हुन् । यसैगरी विद्यालयका ९ जना विद्यार्थीले ३ दशमलव ६० भन्दा बढी जिपिए ल्याएका छन् ।

विद्यालयका कक्षा ११\१२ संयोजक खेम सुवेदीका अनुसार ३ सय ४४ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । उनले राष्ट्रिय परिक्षा वोर्डले परिक्षार्थीको एकमुष्ट विवरण अपलोड नगरेका कारण समग्र परिक्षाफलवारे अहिले भन्न नसकिने बताए ।

‘हामीले सर्वोत्कृष्ट वारेको अध्ययन गयौँ, तर धेरै विद्यार्थी भएको कारण सग्रम परिक्षाफल हेर्न झन्झट भइरहेको छ ।’ उनले भने, ‘आज वेलुका सम्म हामी सवै विद्यार्थीको नतिजा हेरिसक्छौँ, अहिलेसम्म हेर्दा सोचेअनुरुप नै उत्कृष्ट छ ।’

यसैगरी बिद्यालयले कक्षा ११ का चार वटै संकायका कक्षामा यो वर्षका लागी भर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ । करिव ३ सय भन्दा बढी बिद्यार्थी यो वर्ष कक्षा ११ मा भर्ना भएका छन् । उता कक्षा १२ बाट यो वर्षको राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा ३ सय ५० भन्दा वढी बिद्यार्थी सहभागी हँुदैछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban