तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

रातोघर

 २०८० श्रावण ३२, बिहिबार  मा प्रकाशित
४०२ पाठक संख्या


 काठमाण्डौँ ।

बिहीबार तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती तथा राति कोशीका साथै गण्डकी प्रदेशको एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनिजलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । जसकारण दिउँसो र राति ती तीन प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

अरू प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ बिहान गण्डकी प्रदेशका  धेरै स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हल्का, मध्यमदेखि भारी वर्षाको पनि सम्भावना रहेकाले नदी तटीय क्षेत्र लगायत पहिरोको जोखिम, गेग्रान बहने ठाउँ, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban