

चितवन ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी चिकित्सा शिक्षा अध्ययन गरिरहेका एक विद्यार्थी पक्राउ परेका छन् । चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका एक विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार सप्तरीको राजविराज ७ का ती विद्यार्थीले नक्कली आईएससीको प्रमाणपत्र प्रयोग गरी अध्ययन गरिरहेका थिए । उनलाई सीआईबीले गएराति चितवनबाटै पक्राउ गरेको हो । उनले काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजबाट आईएससी पास गरेको प्रमाणपत्र पेस गरेका थिए ।





Write your Comment