

सिमरा ।
नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जले शुक्रवारदेखि दोश्रो चरणको टैन्कट्रक लकिङ सुरु गरेको छ ।
उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमको मधेश प्रदेशको प्रादेशिक कार्यालय अमलेखगञ्जमा टैन्कट्रक लकिङको उद्घाटन गरेका हुन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने टैन्करमा तल्चा लगाई पेट्रोलियम पदार्थ चुहावटमा नियन्त्रण गर्ने उदेश्यले दोश्रो चरनणको टैंकट्रक लकिङ सुरु गरिएको हो ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपो प्रमुख बिनितमनि उपाध्यायका अनुसार पहिला चरणको टैंकट्रक लकिङ २०७५ सालबाट संचालनमा ल्याईएको थियो । यो दोश्रो चरणको कार्यले जथाभावी रुपमा पेट्रोल र डिजेल बोकेका टैंन्करमा हुने चोरीको घटना न्युनिकरण हुन बिशवास लिइएको छ ।





Write your Comment