

वीरगन्ज ।
पशुपति टोल बिकास समिती र हुलास स्टिलको आयोजना र वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा आज आँखा जाँच सिबिर भएको छ ।जितपुर सिमरा उपमहानगरपालि १० बिगहा स्थित सरस्वती आधारभुत बिद्यालयमा संचालन भएको एक दिने आँखा जाँच वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा सिबिर सन्चलान हो ।
उक्त सिबिरमा २ सय जनाको आँखा जाँच भएकोमा ४० जनामा मोतिबिन्दुका बिरामी भेटिएका थिए । मोतिबिन्दुका बिरामीहरुलाई निशुल्क सल्यक्रिया गरिने वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल सम्योजक महेस सिङ् धामीले बताए । सो सिविरमा टोल बिकास समाजका अध्यक्ष सोम बहादुर लामा, रूपान्तरण युबा क्लबका अध्यक्ष राम कुमारअर्याल, आँखा अस्पतालका कार्यक्रम सम्योजक प्रेम घिमिरे लगायतहरुको उपस्थित रहेको थियो ।





Write your Comment