सामुदायिक विद्यालयलाई बजेट तयार गर्न जीतपुरसिमराको निर्देशन

रातोघर

 २०८० भाद्र ९, शनिबार  मा प्रकाशित
३३१ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीकाले मातहतका सामुदायिक विद्यालयलाई आर्थिक वर्ष २०८०/८१ को वजेट निर्माण गरी उपमहानगरलाई छायाँ प्रती पठाउन आग्रह गरेको छ ।

शिक्षा नियमावली २०५९ को परिच्छेद ३० को नियम १६८ मा प्रधानाध्यापकले प्रत्येक वर्ष आगामी वर्षको बजेट तयार गरी विद्यालय व्यवस्थापनबाट स्वीकृत गराई शिक्षा विकास तथा समन्वय इकाईमा पठाउनुपर्ने नियमानुसार सोही बमोजिम गरी एक प्रती उपमहानगरमा समेत पठाउन आग्रह गरेको हो ।

यसैगरी उपमहानगरले विद्यालयको बजेट विवरण सफ्टवेयर एस.ए.एस. मार्फत प्रविष्टि गरी सवै आर्थिक कारोवार सफ्टवेयर मार्फत गर्न समेत आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban