होटल व्यवसायी संघ बाराले आयोजना गर्यो पर्यटन सम्वन्धि अन्तरक्रिया

रातोघर

 २०८० भाद्र ९, शनिबार  मा प्रकाशित
४८७ पाठक संख्या


सिमरा ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराले ‘पर्यटन विकासको सम्भावना र चुनौती’ विषयक अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित होटल श्रेष्ट रेसिडेन्सीमा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरुले बारामा पर्यटन विकासमा प्रसस्त सम्भावना भएर पनी यस क्षेत्रले गती लिन नसकेको प्रति दुःख व्यक्त गरे ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटन विकासमा स्थानिय तहले गहन भुमिका निर्वाह नगरेसम्म यस क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउन नसक्ने धारण राखे ।

यसैविच कार्यक्रममा बोल्दै निजगढ नगरपालीकाका नगर प्रमुख सुरथ पुरीले आपसी दोषारोपणले मात्रै काम हुन नसक्ने भन्दै यो क्षेत्रलाई माथी उठाउन निजगढ नगरपालीका तयार रहेको धारणा राखे ।

जिल्लामा कुनै एउटा पालीका मात्रै सकृय रहेर नहुने भन्दै सबै पालीकाले जिम्मेवारीपुर्वक अभियान अगाडी बढाउने होभने मधेश प्रदेशमै पर्यटन क्षेत्रले सफलता प्राप्त गर्ने बताए ।

यसैविच कार्यक्रममा पालिकाका बिभिन्न प्रमुखहरु, उप–प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, संचारकर्मी लगाएत होटल तथा पर्यटन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

संघका अध्यक्ष अर्जुन लम्सालको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण संघका महासचिव गोविन्द गहतराजले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban