भान्साघरलाई प्रविधिमैत्री बनाउँदै जीतपुरसिमरा, अनुदानमा विधुतिय चुलो

रातोघर

 २०८० भाद्र १५, शुक्रबार  मा प्रकाशित
८७४ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीकाले नगर स्वच्छताको अभियानलाई अघि सारेको छ । नगरका हरेक भान्साघरलाई प्रविधिमैत्री बनाउन बिभिन्न सामग्रीहरु अनुदानमा बितरण गर्न लागेको छ ।

हरित जलवायु कोषको सहयोगमा कार्यान्वयन गर्न लागिएको सो कार्यक्रममा नगरको हरेक परिवारलाइ विधुतिय जुलो र सुधारिएको चुलो वितरण गर्न सुचना जारी गरेको छ ।

यसैगरी नगरवासीको मागअनुसार ४ घनमिटर क्षमताको वायोग्यास प्लान्ट समेत अनुदानमा दिन लागेको छ । जसका लागी उपभोक्ताले लागत सहभागीता रकम भने तिनुपर्ने छ ।

नगरले सार्वजनिक गरेको सुचना अनुसार विधुतिय चुलोमा २३ प्रतिशत, सुधारिएको चुलोमा ५ प्रतिशत र वायोग्यास प्लान्ट निर्माणमा १४ प्रतिशत रकम उपभोक्ताले व्यहोनुपर्ने छ ।

नगरमा स्वच्छ उर्जा कार्यक्रम लागुगरी सिलिन्डर ग्यासको खपतमा न्युनिकरण गर्ने उदेश्यले यो कार्यक्रम शुरु भएको महिला वालवालिका तथा समावेशी शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार नगरवासीको माग र निवेदनका आधारमा संख्या एकिन गरी सो समान खरिद प्रकृया अगाडी बढाइनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban