बारामा विधुत महसुल नतिर्ने उपभोक्ताको लाईन काटिदै

रातोघर

 २०८० भाद्र १८, सोमबार  मा प्रकाशित
५९६ पाठक संख्या


बारा ।

समयमा विजुलीको बील नतिर्नेहरुको लाईन काट्ने र जरिवाना सहित बक्यौता असुल गर्ने कामलाई नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाले तिब्र पारेको छ ।

विद्युत महशुल नतिर्नेहरुको लाईन काट्न दिनहु प्राधिकरणको टोली गाउ गाउमा खटिरहेको प्राधिकरण कलैया वितरण शाखाका प्रमुख ऋषि कुमार बरनवालले जानकारी दिए ।

विशेष गरी लामो समय देखि विधुत महसुल नतिर्ने ग्राहकहरुको लाइन काटने र उनीहरुमाथि कानून बमोजिम कारवाही प्रक्रिया समेत अगाडी बढाइएको उनले बताए । ‘शाखाको एउटा टोली बक्यौता असुल गर्नमै व्यस्त छ,’ उनले भने, ‘विद्युतको बक्यौता नतिर्ने प्रवृतिले समस्या खडा गरेको छ ।’ ग्राहकले समयमा बिजुलीको बील तिरीदिए आफुहरुलाई पनि अन्य काम गर्न सहज हुने उनले बताए ।

उनका अनुसार, नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाको मात्र आर्थिक वर्ष २०७९/०८० असारसम्म ९५ करोड २५ लाख ८३ हजार ३ सय ३२ रुपैयाँ उठाउन बाँकी रहेको छ । यसमा पुरानो बक्यौता मात्र नभएर २ महिना भन्दा बढी समय देखि विद्युत महसुल नतिरेकाहरुको समेत विवरण रहेको शाखाका प्रमुख बरनवालले जानकारी दिए ।

अहिले कलैया वितरण शाखाले आफनो सेवा क्षेत्रको ९९.५ प्रतिशत एरियामा विद्युत पुर्याउन सफल भएको उनले जानकारी दिए । जिल्लामा नेपाल विद्युत प्राधिकरणको तीन वटा शाखाहरु रहेका छन् जसमध्ये कलैया वितरण शाखा अन्तर्गत ६२ हजार २ सय २५ ग्राहक रहेको उनले बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा कुल ५८ हजार २ सय ६ जना कलैया वितरण शाखामा आवद्ध ग्राहक रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा ४ हजार १९ जना नयाँ ग्राहक थप भएको उनले बताए ।

कलैया वितरण शाखाले गत आर्थिक वर्षमा ८ करोड ९६ लाख ९४ हजार ३२ युनियट विद्युत आयात गरेको छ । जसमध्ये ५ करोड ९९ लाख ११ हजार ५ सय ११ युनिट विद्युत विक्री गरेको छ बाँकी ३३.२ प्रतिशत विद्युत ह्रास भएको शाखा प्रमुख बरनवालले जानकारी दिए ।

विक्री गरिएको विद्युतको आम्दानी ५१ करोड ८६ लाख रहेको छ । जसमध्ये ४७ करोड ५२ लाख रुपैयाँ असुली भएको छ भने ४ करोड ३४ लाख गत आर्थिक वर्षको विद्युतको महसुल उठाउन बाँकी रहेको उनले बताए ।

गत आर्थिक वर्षमा एक हजार एक सय १४ जनाको लाइन काटिएको थियो । उनीहरुकहाँ ७ करोड ४३ लाख ७१ हजार १ सय ३८ विद्युतको महसुल बाँकी थियो । उनीहरु मध्ये ८ सय ७३ जनाको लाइन पुनः जडान गरिएको छ ।

उनीहरुबाट बाँकी रहेको विद्युतको महसुल ३ करोड ६० लाख १३ हजार ६ सय ९५ रुपैयाँ तिर्न लगाई पुनः विद्युत जडान गरिएको उनले बताए ।

यसैगरी गत आर्थिक वर्षमा विद्युत चोरीमा संलग्न रहेका २ सय ६६ जनालाई पक्राउ गरिएको र ३ सय ६५ वटा विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिइएको उनले बताए ।

यस वितरण शाखा अन्तर्गत २ लाख ४१ हजार युनिट विद्युत चोरी भएकोमा पक्राउ परेकाहरुबाट ३० लाख १९ हजार ८ सय ३१ रुपैयाँ असुली गरिएको उनले बताए ।

कलैया वितरण शाखा अन्तर्गत १ हजार ९७ जना विद्युत ग्राहक ब्लैक लिष्टमा परेका छन् । जस मध्ये ८ सय ७३ जनाले पैसा तिरी पुनः विद्युत जडान गराएका छन् ।ब्लैक लिष्टमा परेकाहरुबाट २ करोड ६० लाख ८८ हजार ४८ रुपैयाँ उठाउन बाँकी रहेको उनको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban