

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकाको फोहोर हप्तादिनसम्म नउठेपछी बिरोध शुरु भएको छ । आइबार बिरोध स्वरुप वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा त्यहाँका स्थानियले नगर कार्यपालीकाको मुलद्धारमै फोहोर फालेका छन् ।
जीतपुरसिमराले केहीदिनदेखी बिरगञ्जको एकिकृत फोहोर व्यवस्थापन केन्द्रसंगको सम्झौतामा फोहोर व्यवस्थापन गर्दै आएको थियो । केन्द्रले आन्तरिक मर्मतको कारण देखाउँदै फोहोर केही दिन नल्याइदिन आग्रह गरेपछी जीतपुरसिमराले केही दिन देखी फोहोर उठाउन छाडेको थियो ।
फोहोर उठाउन छाडेपछी जितपुर र सिमरा बजारको सडकछेउ फोहोरले दुर्घन्धित बनेपछी आइतवार स्थानियले सामाजिक संञ्जालमा समेत चर्को आलोचना गर्न थालेका छन् । सो सम्बन्धमा फोहोर व्यवस्थापनको सम्झौता गरेको बिरगञ्जका नगर प्रमुख राजेश मान सिंहले जीतपुरसिमराको फोहोर नउठेको बारे आफुलाई जानकारी नभएको बताए ।
‘फोहोर नउठेको कुरा समन्वय भएन, म तुरुन्तै ठेकेदारलाई कार्यालय बोलाउँछ ।’ु, उनले भने, ‘उठेको छैनभने भोलीबाट अनिवार्य उठ्छ ।’
यता नगर प्रमुख राजन पौडेलले फोहोर संकलन केन्द्रले मर्मम भइरहेको भन्दै केही दिन फोहोर होल्ड गरिदिन आग्रह गरेकोले समस्या सिर्जना भएको तर्क गरे । उनले फोहोरको दिर्घकालिन समाधान नखोजेसम्म यो समस्या नगरले झेलिरहनुपर्ने भन्दै नगरमै फोहोर व्यवस्थापनको विकल्प खोल्ज सवैको सहकार्यको आवश्यकता रहेको बताए ।
वडा नम्बर ७ का स्थानियले नगर कार्यपालीकाको कार्यालय अगाडी फालेको फोहोर भने हटाइएको छ । जीतपुर र सिमरा बजारको सडक किनाराको फोहोर भने उस्तै छ ।





Write your Comment