बिरगञ्जमा वाणिज्य नीतिको मस्यौदा सम्बन्धमा मधेश स्तरीय अन्तरक्रिया

रातोघर

 २०८० भाद्र २४, आईतबार  मा प्रकाशित
२७२ पाठक संख्या


सिमरा ।

पर्साको बिरगञ्ज महानगरपालीकामा वाणिज्य नीतिको मस्यौदा सम्बन्धमा मधेश स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाण्डौले आयोजना गरेको कार्यक्रममा वाणिज्य नीतिको मस्यौदाका सम्वन्धमा मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले प्रस्तुतीकरण गरेको थिए ।

तिनै तहका नेतृत्वको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्री रमेश रिजाल, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशका राज्य मन्त्री रहवर अंसारी, नगर प्रमुख राजेशमान सिंह लगाएत मधेशका प्रतिष्ठित व्यापारीहरुका बिचमा सो मस्यौदाबारे अन्तरकिृया सम्पन्न गरिएको हो ।

प्रस्तुतीकरणपछी खुल्ला सत्रमा बोल्दै बिभिन्न उद्योग तथा वाणिज्य नीतिसंग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधिहरुले मस्यौदा राम्रो भएपनी कार्यन्वयनको अवस्था फितलो रहने प्रति दुःख व्यक्त गरे ।

उनीहरुले सरकार नै उद्योगी मैत्री नभउका भन्दै कर उठाउने र व्यापारीको ढाड सेक्ने काम मात्रै भएका प्रती गुनासो समेत व्यक्त गरे ।

उद्योग वाणिज्य संघ बिरगञ्जका अध्यक्ष, त्यस्तै उपाध्यक्ष, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष लगाएत बिभिन्न सरोकारवालाहरुले सरकारको .नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने र उद्योग मैत्री हुनुपर्ने धारण राखे ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban