नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

रातोघर

 २०८० भाद्र २५, सोमबार  मा प्रकाशित
४६१ पाठक संख्या


नेपालगञ्ज

प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेको छ ।आज बिहान नेपालगञ्ज विमानस्थलबाट श्री एयरलाइन्समार्फत काठमाडौँ आउन लागेका सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको थियो । थप अनुसन्धानका लागि उनलाई अख्तियारको कार्यालय नेपालगञ्जमा बुझाइएको एसपी राठौरले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban