मिडियाहरुको मानसिकता यथास्थितिवादी-जीतपुरसिमरा प्रमुख पौडेल

रातोघर

 २०८० भाद्र २८, बिहिबार  मा प्रकाशित
८०७ पाठक संख्या


वीरगञ्ज ।

आम नागरिकको सूचनाको प्रभावकारी माध्यम रेडियो नै रहेको सरोकारवालाहरुले बताएका छन् । बुधबार साँझ होटल मकालुमा आयोजना गरिएको सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जको आजीवन सदस्यता वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

रेडियो एफएमहरु मध्य सामुदायिक रेडियोहरुले समाज रुपान्तारणका लागि खेलेको भूमिका अझ अनुकरणीय रहेको बताएका छन् । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले सामुदायिक रेडियो अन्य व्यावसायिक रेडियो भन्दा फरक रहेको र यसले खेलेको प्रभावकारी भूमिकाले नै समाजमा पनिवर्तनहरु देखिएको बताउनुभयो ।

उहाँले सञ्चार माध्यमहरु धेरै भएपनि जनताको न्याय र सुशासनको पाटोमा भने थोरैले मात्रै भूमिका खेल्ने गरेको उल्लेख गर्दै अहिले संघीयतापछि भए गरेका भ्रष्टाचार र अनियममितताको विरुद्ध सामुदायिक रेडियोले नै बोल्न सक्ने र बोल्नुपर्ने बताउनुभयो ।

व्यावसायिक रेडियोहरुले व्यावसाय लक्षित रहने भएको र उनीहरुले जनताको अपेक्षा अनुसारको मुद्दालाई उठान गर्न नसक्ने बताउनुभयो । सामुदायिक रेडियोको फरक उद्देश्य रहेको र समाजसँगै जोडिने भएकोले पनि यसको भूमिका अझ प्रभावकारी रहेको बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संघीय संरचनापछि पनि आम मानसिकता र मिडियाहरुको मानसिकता यथास्थितिवादी नै रहेकोले त्यसको परिवर्तनका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संघीयतामा तीनै तहका सरकारहरुको अधिकार क्षेत्र, काम, कर्तव्य र अधिकारको विषयमा अझै नागरिकमा पुग्न नसकेकोले संघीयताको अभ्यासलाई जन जनमा पुग्ने गरी कार्यक्रमहरु आउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले सञ्चार मध्यमहरु मध्य अहिलेपनि रेडियो नै प्रभावकारी सूचनाको माध्यम भएको बताउनुभयो । उहाँले अझै धेरै नागरिकको विश्वासिलो सूचनाको माध्यम भनेको रेडियो नै भएकोले सामुदायिक रेडियोले प्रवाह गर्ने सूचना अझ धेरै विश्वसनीय हुनुपर्नेमा जोड दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban