

सिमरा ।
बाराको जीतपुसिमरा उपमहानगरपालीका २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराले १० जना शिक्षकलाई बिदाइ गरेको छ । शुक्रबार वाल दिवसको अवसर पारेर बिद्यालयले शिक्षकहरुलाई सम्मान पत्र सहित बिदाइ गरेको हो । केही दिन अघिमात्रै नगरले शिक्षकहरुको बिषयगत् शिक्षक दरवन्दी मिलानको क्रममा यस बिद्यालयबाट ५ जना शिक्षक नगरका अन्य बिद्यालयमा सरुवा गरेको थियो ।
बिद्यालयका माध्यमिक शिक्षक माधव नेपाल ने.रा.मा.वि. अमलेगञ्जमा हाँजिर भएका छन् भने नि.मा.वि. शिक्षक रोहित झा छातापिपरा स्थित ने.रा.मा.वि.मा सरुवा भएका छन् । यस्तै विद्यालयका प्राथमिक शिक्षक ब्रह्मदेव पासवान ने.रा.मा.वि. हरपुरमा सरुवा भएका छनभने प्राथमिक तहका प्रेम प्रसाद पुडासैनी ने.रा.आ.वि. विसौलियामा हाजिर भएका छन् । यस्तै प्राथमिक तहका विभाष गुरागाई इनरुवासिरा सरुवा भएका छन् ।
विद्यालयबाट पाँच शिक्षक नगरले गरेको सरुवाको सुचीमा परेका हुनभने दुई जना अनिवार्य अवकास र एक जना अन्तर जिल्ला सरुवा भएका हुन । बिद्यालयका माध्यमिक शिक्षक खेम सुवेदी अन्तरजिल्ला सरुवा भई विद्यालयबाट बिदा भएका छन् ।
विद्यालयबाट बिदा लिएका शिक्षकहरुलाई विदाइ तथा सम्मान कार्यक्रमको आयोजना गरी आगामी सफल शैक्षिक यात्राको समेत विद्यालयले कामना गरेको छ ।









Write your Comment