राष्ट्रपति पौडेलको ८ असोजमा जनकपुर भ्रमण

रातोघर

 २०८० भाद्र ३१, आईतबार  मा प्रकाशित
३०३ पाठक संख्या


जनकपुरधाम ।

राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुर भ्रमणको कार्यक्रम तय भएको छ ।यही असोज ८ गते राष्ट्रपति पौडेल जनकपुरधाम भ्रमणको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी गराएका हुन् ।नेता निधिले राष्ट्रपति पौडेलको जनकपुर भ्रमण विशुद्ध धार्मिक भ्रमण रहेको जनाएका छन् । त्यसक्रममा राष्ट्रपति पौडेलले जनकपुरधाममा जानकी मन्दिर दर्शन र पूजापाठ गर्नेछन् ।

धार्मिक कार्यक्रम पश्चात नागरिक अभिनन्दनको पनि कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत नेता निधिले जनाए ।

भ्रमणका बारेमा थप छलफल गर्नका लागि असोज २ गते मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठक डाँकिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban