पर्यटन प्रवर्धनमा गुरुयोजनाका साथ अघि बढ्दैछौ –जीतपुरसिमरा प्रमुख पौडेल

रातोघर

 २०८० भाद्र ३१, आईतबार  मा प्रकाशित
५६५ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका प्रमुख राजन पौडेलले नगरको पर्यटन प्रवर्धनमा गुरुयोजनाका साथ अघि बढ्ने योजना रहेको बताएका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ र होटल तथा पर्यटन सहकारीको संयुक्त साधारण सभा समारोहमा बोल्दै प्रमुख पौडेलले नगरको पर्यटकिय गन्तव्यलाई पर्यटनमैत्रि बनाउन गुरुयोजना निर्माणको कार्य अघि बढेको बताए ।

नगर क्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकको हवका रुपमा बिकास गरी अन्य नगरका ऐतिहासिक महत्व बोकेका क्षेत्रहरुलाई संरक्षण, प्रवर्धन र प्रचार सहित आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अनुरुप काठमाण्डौको एक अध्ययन टोलीसंगको सम्झौतामा काम अघि बढेको जानकारी दिए ।

गन्तव्यका रुपमा पर्यटकिय क्षेत्रका रुपमा निकुञ्जलाई स्थापित गरी अन्य बिभिन्न क्षेत्रहरुको अध्ययन भइरहेको समेत बताए । उनले यसैवर्ष निकुञ्जमा जंगल सफारीका लागी सफारी साधन खरिदमा अनुदानका लागी ३० लाख बजेट बिनियोजन गरेको समेत बताए ।

सो रकमले ५ देखी ७ वटासम्म जंगल सफारी भ्यान खरिद गरी निकुञ्ज क्षेत्र भ्रमणको अभियानलाई तिव्रता दिन समेत सबै होटल र पर्यटन व्यवसायीहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै पर्यटन अभियन्ता तथा होटल तथा पर्यटन व्यवसायी ंसंघका संस्थापक अध्यक्ष मोहन शर्माले अब गफ गरेर मात्रै होईन काममा लाग्ने समय आएको बताए ।

उनले यस क्षेत्रको पर्यटन प्रवर्धनले मात्रै होटल व्यवसायहरु फस्टाउने भन्दै नगरलाई पर्यटनका क्षेत्रमा गम्भिर भएर लाग्न आग्रह समेत गरे । उनले नगरलाई जिल्ला र प्रदेशसंग जोडेर समग्र ‘पर्यटक प्याकेज कार्यक्रम’ निर्माण गरी छिमेकी देश भारतका पर्यटकलाई केन्द्रमा राख्न सके नगरको पर्यटन प्रवर्धन अभियान सफल हुने धारणा राखे ।

उनले भारतिय नागरिक सहित आन्तरिक पर्यटकका लागी पनी बिशेष पर्यटक जोन निर्माण गरी पर्यटकलाई २ दिनदेखी हप्तादिनसम्मको प्याकेज निर्माण गर्न नगर लागी पनुपर्ने बताए । दिगो पर्यटन प्रवर्धनमा नगरले धेरै काम गर्न सक्ने भन्दै मधेशमा जीतपुरसिमरालाई पर्यटकको केन्द्रविन्दुका रुपमा विकास गर्न सम्भव रहेको बताए ।

कार्यक्रममा हक्स पावर नेपाल प्रा.ली. ले निर्माण गरेको धुँवा रहित बिधुतिय चुलोको समेत प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो । कम्पनीले बिगत पाँच वर्षदेखी देशका ६४ जिल्लामा यो चुलो सफल बिक्रि बितरण गरिरहेको छ । पर्सामा मुख्य उद्योग रहेको यस कम्पनीले जीतपुरसिमरालाई धुँवा रहित नगरका रुपमा नगरसंगको सहकार्यमा चुलोको अति न्युन मुल्यमा वितरण गरिरहेको छ ।

संस्थाका अध्यक्ष वैज्ञानिक मनोज कुमार गुप्ताले यो अभियानको प्रवर्धनमा लागेका हुन् । संघको पहलमा प्रा.ली.ले आयोजना गरेको प्रर्दशन कार्यक्रममा तिन प्रकारका चुलो सार्वजनिक गरेको थियो ।

परिवारदेखी ठुला–ठुला होटल र उद्योग प्रतिस्ठानहरुमा समेत यो चुलोको प्रयोग गर्न सकिने गुप्ताको भनाई छ । उनका अनुसार यो चुलोको प्रयोगले आयात प्रतिस्थापनमा टेवा पुर्याउने र सिलिन्डर ग्यासको तुलनामा २० प्रतिशतमात्रै उर्जा खपत हुने बताए । यो चुलोलाई नगरले अनुदानका रुपमा पनी बितरण गर्न तयारी गरेको छ ।

कार्यक्रममा नगरका होटल तथा पर्यटन व्यवसायी तथा सहकारीका शेयर सदस्यहरुको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । संघका अध्यक्ष अर्जुन लम्साल र सहकारीका अध्यक्ष प्रह्लाद उप्रेतीको संयुक्त सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव गोविन्द गहतराजले गरेका थिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban