जीतपुरसिमरामा धुँवा रहित बिधुतीय चुलो ‘डेमोस्ट्रेसन’

रातोघर

 २०८० भाद्र ३१, आईतबार  मा प्रकाशित
१४९४ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरमा धुँवा रहित बिधुतिय चुलोकोको प्रदर्शन कार्यक्रम गरिएको छ । हक्स पावर नेपाल प्रा.ली. ले निर्माण गरेको धुँवा रहित बिधुतिय चुलोको समेत प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो । कम्पनीले बिगत पाँच वर्षदेखी देशका ६४ जिल्लामा यो चुलो सफल बिक्रि बितरण गरिरहेको छ ।

पर्सामा मुख्य उद्योग रहेको यस कम्पनीले जीतपुरसिमरालाई धुँवा रहित नगरका रुपमा नगरसंगको सहकार्यमा चुलोको अति न्युन मुल्यमा वितरण गरिरहेको छ ।
संस्थाका अध्यक्ष वैज्ञानिक मनोज कुमार गुप्ताले यो अभियानको प्रवर्धनमा लागेका हुन् । संघको पहलमा प्रा.ली.ले आयोजना गरेको प्रर्दशन कार्यक्रममा तिन प्रकारका चुलो सार्वजनिक गरेको थियो ।

‘डेमोस्ट्रेसन’ पछी स्थानिय होटल व्यवासायी उत्साहित भएका छन् । पाँच हजारदेखी १ लाख ५० हजार मुल्य पर्ने सो चुलोको खाना पकाउने पद्धती हेरेपछी करिव ३ दर्जन स्थानियले सो चुलो खरिद गरेका छन् ।

तिन वर्षको ग्यारेन्टी रहेको सो चुलो परिवारदेखी ठुला–ठुला होटल र उद्योग प्रतिस्ठानहरुमा समेत प्रयोग गर्न सकिने गुप्ताको भनाई छ । उनका अनुसार यो चुलोको प्रयोगले आयात प्रतिस्थापनमा टेवा पुर्याउने र सिलिन्डर ग्यासको तुलनामा २० प्रतिशतमात्रै उर्जा खपत हुने बताए । यो चुलोलाई नगरले अनुदानका रुपमा पनी बितरण गर्न तयारी समेत गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban