जीतपुरसिमरा-३ मा शुभ प्रभात युवा क्लवको साधारण सभा सम्पन्न

रातोघर

 २०८० आश्विन ६, शनिबार  मा प्रकाशित
४९१ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका ३ मा रहेको शुभ प्रभात युवा क्लवले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । जीतपुरसिमरा ३ बजनीमा कार्यालय रहेको क्लवले केही समयअघि मात्रै आफ्नो कार्यालय प्रयोजनको भवनको उद्घाटन गरेको हो ।

कार्यक्रममा बारा, क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य देवनारायण चौधरीले यस्ता क्लवहरुले समाजमा सकारात्मक कार्यहरुको सुरुवात हुने भन्दै उनले क्लवको सफलताको कामना व्यक्त गरे । प्रमुख अतिथी समेत रहेको चौधरीले क्लवसंग सहकार्य गरी आगामी दिनमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालीका उपप्रमुख भोला प्रसाद अधिकारीले शुभप्रभात युवा क्लवको कार्य सफलताको शुभकामना व्यक्त गरे । उनले आफ्ना क्षेत्रका युवाहरुलाई विकासको काममा लाग्न प्रेरणा दिन यो क्लवले हातेमालो गर्नुपर्ने भन्दै नगरपालीका सधैँ यस्ता संघसंस्थाहरुको साथमा रहने बताए ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष जगन्नाथ घिमिरे, जनहित समितीका अध्यक्ष अमृतलाल श्रेष्ठ लगाएत बिभिन्न राजनैतिक व्यतित्व तथा युवाहरुको उपस्थिती रहेको थियो । क्लवका अध्यक्ष बोधराज थपलियाको सभाध्यक्षमा सम्पन्न कार्यक्रक्रममा सचिव भैरव थपलियाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban