विश्व पर्यटन दिवसमा सिमरा विमानस्थलका यात्रुलाई सम्मान गरिने

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
३७२ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको सिमरा विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई सम्मान गरिने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेञ्ट (एनएटिटिए) ले कार्यक्रमको आयोजना गरेको हो ।

ल्ब्त्त्ब् का मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार हरेक वर्ष पर्यटन दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु गरिँदै आएको भएपनी यो वर्ष जीतपुरसिमरा सहित मधेशमा विशेष अभियानद्धारा पर्यटन प्रवर्धन गरिँदैछ ।

असोज १० गते बिहानीको पहिलो उडानबाट आउने सवै यात्रुलाई सम्मान गरिने शर्माको भनाई छ । यसैगरी दिवसकै अवसर पारेर यहाँका होटलहरुमा विशेष छुटका साथ बसोबासको व्यवस्थाका लागीपनी तयारी गरिएको छ ।

आन्तरिक पर्यटक प्रवर्धनको उदेश्यले अन्य बिभिन्न पर्यटकिय क्षेत्रहरुको भ्रमण र जंगल सफारी कार्यक्रमको समेत आयोजना गरिएको उनको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban