

सिमरा ।
बाराको सिमरास्थित विजनेश सेन्टरमा सञ्चालित केएसआर सिनेमा हल संचालनको एक वर्ष पुरा भएको छ । एक वर्ष पुरा भएको उपलक्ष्यमा केक काटेर वार्षिक उत्सव मनाईएको छ । हलमा विशेषगरी सिमरा सहित भारतिय नागरिक, बिरगञ्ज, कलैया, हेटौँडा, चपुर, निजगढ लगाएतका स्थानहरुबाट दर्शकहरु फिल्म हेर्न आउने गरेका छन् । तर हलको वार्षिक आम्दानीले हलको खर्च धान्न समेत मुस्किल भएको सञ्चालकहरुको गुनासो छ ।
मधेस प्रदेशकै सुविधा सम्पन्न र प्रविधि मैत्री केएसआर सिनेमा हलमा दैनिक करिब २ सयको संख्यामा आउने दर्शक संख्याले हलको आन्तरिक खर्च धान्न मुस्किल हुने हलका व्यवस्थापक शिव श्रेष्ठले बताए ।
अत्याधुनिक प्रविधि मैत्री केएसआर सिनेमा हलमा १९९ सिट क्षमताको एक र ११८ वटा सिट क्षमताको अर्को गरी २ वटा हल छन् ।
बुधबार वार्षिकोत्सव कार्यक्रममा हल व्यवस्थापनले दिएको जानकारी अनुसार बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक ६ वटा सो चल्ने हलमा २५० देखि ३ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । गरिव, विपन्न, एकल महिला, अभिभावक विहीन बालबालिकाहरुमा लागि च्यारिटी सो समेत सञ्चालन गर्दै आएको जनाइएको छ ।






Write your Comment