डाबर नेपालद्वारा छातापिपरा मा.वि.लाई डेस्क बेञ्च हस्तान्तरण

रातोघर

 १७ आश्विन २०८०, बुधबार १५:१९  मा प्रकाशित
३८१ पाठक संख्या



सिमरा ।

बाराको रामपुर टोकनीमा रहेको बहुराट्रिय कम्पनी डाबर नेपाललले जीतपुरसिमरा ९ मा रहेको नेरामावि छातापिपरालाई २० थान डेस्क बेञ्च हस्तान्तरण गरेको छ ।

बुधबार विद्यालयमाआयोजित एक कार्यक्रमकाविच डाबर नेपालप्रा.लि.का प्रमुख सञ्चालककिलासरामचौरसीयाले विद्यालयलाई बेञ्च हस्तान्तरण गर्नुभएको हो । कम्पनीको संस्थागत सामाजिकउतरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदाआँफूहरु उत्साहितभएको र आगामीदिनमा समेत सहयोग गर्ने प्रतिबद्धता कम्पनीकाप्रमूख सञ्चालकचौरसीयाले गर्नुभयो ।

बेञ्चको अभावमा पठनपाठनमा समस्याभइरहेका बेलाप्राप्त सहयोग विद्यालयकालागि महत्वपूर्ण रहेको विद्यालयकाप्रधानाध्यापकपिताम्बरप्रसाद चौधरीले बताउनुभयो ।

कार्यक्रममाजीतपुर सिमरा उपमहानगरपालिका ९ का वडाध्यक्ष एवं विद्यालयव्यवस्थापन समितीकाअध्यक्षमोतिलाल राउतकुर्मी, डाबर नेपालकामानव संसाधनविभागप्रमूखआशितोष यादव, विद्यालयव्यवस्थापन समितीका सदस्यबालदेब चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका लेखाप्रमुख कृष्ण चौधरीले गर्नुभएको थियो ।

Write your Comment