शिक्षक पासवानको पुरानै बिद्यालयमा हाजिरी

रातोघर

 १७ आश्विन २०८०, बुधबार १६:१९  मा प्रकाशित
१७५५ पाठक संख्या



सिमरा ।
बाराको जितपुरसिमरा उपमहानगरपालीका २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा कार्यरत शिक्षक ब्रम्हदेव पासवानलाई साविक बिद्यालयमै हाजिरी गराइने भएको छ ।

उनलाई नगरपालीकाले जीतपुरसिमरा, वडा नम्बर २४, हरपुरमा रहेको ने.रा. माध्यमिक विद्यालयमा सरुवा गरेको थियो ।

पासवानसंगको आपसी सहमतीमा त्यतीवेला हरपुर स्थित आफ्नो दाईको घर रहेकोले उनले सरुवा हुन स्विकार गरेका थिए । पारिवारिक समस्याका कारण उनी सिमरामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

उता नगरपालीकाले स्वैच्छिक सरुवा भनेपनी निवेदन नदिएकाहरुलाई समेत नजिकमा साटफेर गर्यो । त्यही मध्ये परेका हुन् पासवान । तर उनी सरुवा भएर गएको बिद्यालयमा उनलाई हाजिरी गर्न दिइएन ।

उनलाई बिद्यालयले प्राथमिक तहको दरवन्दी भएपनी माथिल्लो कक्षामा अध्यापन गराउने शिक्षक चाहिएको भन्दै त्याहाँ हाजिरी गर्न दिइएन ।

हाजिरी गर्न नदिएपछी कुनैपनी राजनैतिक वा सामाजिक पहुँचमा नरहेका शिक्षक पासवान तनावमा देखिए । उनलाई हरपुर विद्यालयले हाजिर हुन नदिएपछी पुनः नगरपालीमा निवेदन लेखे । त्यसपछी हाजिरी नगराएपछी उनले पुरानै बिद्यालयमा फर्किर इच्छा गरेका गरे ।

चाडपर्व नजिकिदै गरेको अवस्था र आर्थिक अवस्था कमजोर र तलवकै भर पर्नुपर्ने अवस्थाले गर्दा तलव कहाँबाट खाने भन्ने कुराले उनलाई चिन्तित बनायो ।

यसैविच हाजिरी गर्न नदिएपछी रमाना लिएर गएको बिद्यालयमै उनलाई पुनः फर्काउनु पर्ने भन्दै सामाजिक संञ्जालमा उनलाई न्याय दिनुपर्ने आवाज उठ्यो ।

उनलाई हरपुर विद्यालयले हाजिरी नगराएको बिषयलाई लिएर फेसबुकमा उनलाई चर्चामा ल्याइयो । र नगरपालीकाले शिक्षकमाथी अन्याय गरेको भन्दै चर्को बिरोध गरियो ।

अन्य छलफल र व्यवस्थापन गर्दै गर्नेगरी नगरपालीकाले रमाना लिएर गएको बिद्यालयमा र्नै हाललाई हाजिरी गराउन अनुरोध गरेसंगै उनी अव पुरानै बिद्यालयमा हाजिरीसंगै सेवा गर्नेछन् । उनलाई काज प्रकृया माफृत पुरानै बिद्यालयमा हालका लागी सेवा गर्न फर्काइएको हो ।

यधपी ५८ वर्षै शिक्षक पासवान अव करिव २२ महिना मात्रै सेवा अवधीमा रहन सक्नेछन् । उनले सेवा अवधी बाँकी छँदै राजीनामा दिएमा पनी ८० प्रतिशत तलव पेन्सनका रुपमा प्राप्त गर्नेछन् ।

आर्थिक अवस्था कमजोर र पारिवारिक समस्याका कारण उनी बाकी अवधी पनी सेवा गर्न चाहन्छन् । लामो समयदेखी उनी हालकै बिद्यालयमा कार्यरत इमान्दार र कर्तव्यनिष्ठ शिक्षकका रुपमा परिचित छन् ।

उनीसंगै नगरले सरुवा गरेका अन्य ४ जना शिक्षकहरुको पनी यस्तै प्रकारका समस्याहरु थिए । सरुवा भएर गएका तथा बिद्यालयमा बिभिन्न कारणबस् हाजिरी हुन नपाएका अन्य शिक्षकहरुको पनी समस्या समाधानका लागी छलफल भएको नगर प्रमुख राजन पौडेलले बताए ।

Write your Comment