बारामा शुरु भयो जग्गा नापजाँचको काम

रातोघर

 २०८० आश्विन १८, बिहिबार  मा प्रकाशित
५८३ पाठक संख्या


निजगढ ।

निजगढ नगरपालिका वडा नम्बर ४ स्थित पुरानो निजगढमा राष्ट्रिय भूमि आयोगले सोमवारबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको काम शुरु गरेको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिको तर्फबाट जिल्ला अध्यक्ष छविलाल उप्रेती, आयोगका सदस्य सचिव चन्दन दास, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायत निजगढ नगरपालिकाका नापी शाखाका कर्मचारी सहितको उपस्तिथिमा नक्सा चेक जाँच तथा नाप गर्ने कार्य शुरु भएको हो ।

यसअघि जग्गाको नाप जाँचको काम केही प्राविधिक कारणले रोकिए पनि अब काम सुचारु हुने नगरप्रमुख सुरथ पुरीले बताए ।

यता राष्ट्रिय भूमि आयोगको तर्फबाट खटिनु भएका सदस्य सचिव चन्दन दासका अनुसार जग्गाको नाप जाँचको काम फिल्डमा रोकिएता पनि पहिला कन्सलटेन्सीद्वारा नापिएको जग्गामा केहि समस्या देखिएकाले आन्तरिक रुपमा त्यसलाई सुल्झाउन समय दिनुपरेकोले आफूहरुले फिल्डमा आएर काम गर्न नभ्याएको बताए ।

जग्गाको नाप जाँचको काम सोमवार वडा नम्बर ४ बाट शुरु भएसँगै निजगढको बाँकी वडाहरुमा पनि क्रमस काम सुचारु हुने नगरप्रमुख पुरीले जानकारी दिए ।

निजगढ लगाएत बाराको कोल्हवी, पथलैया लगाएतका स्थानमा पनी नापजाँचको काम शुरु भएको छ । बिचमा काम रोकिएपनी अव काम नरोकिने आयोगले जानकारी दिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban