सिमरा ।
बाराको जीतपुरसिमरा १६ स्थित टांगियाबस्तीको एउटा गोठमा गएराती आगलागी भएको छ । स्थानिय श्याम विकको गोठ र भान्सा घरमा शुक्रबार राती लागेको आगो केहिबेरमा नियन्त्रणमा आएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिव २ घण्टापछी आगो नियन्त्रणमा आएको हो ।
भान्साघरबाट आगो लाग्न सुरु भए लगत्तै नजिकै रहेको बोरिङ संचालन गरि आगो निभाउने प्रयास गरिएको थियो । केही समयपछि जीतपुरसिमरा र निजगढबाट पुगेका दमकलले आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट गोठ र भान्सा घर सहित खाधान्न पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
आगलागीबाट घाइते भएका दुई बाबुछोरालाई निजगढ स्थित निजगढ सिटी अस्पतालमा उपचार भइरहेको वडा अध्यक्ष हरिदेव खरेलले जानकारी दिए ।
Write your Comment