सिमरा ।
बाराको निजगढ नगारपालीका स्थित मुख्य चोकमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा चालकको ज्यान गएको छ ।
बजारको लच्का नजिकै भएको दुघृटनामा मोटरसाईक बससंग ठोक्किएको थियो ।
निजगढबाट पिलुवातर्फ आउँदै गरेको मोटरसाइकल बिपरित दिशाबाट आएको वससंग ठोक्किदा मोटरसाइकल चालक अन्दाजी २० वर्षे बिनोद चौधरीको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
Write your Comment