वीरगञ्जमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

रातोघर

 २० आश्विन २०८०, शनिबार १०:२४  मा प्रकाशित
३०५ पाठक संख्या



पर्सा ।

पर्साको सदरमुकाम वीरगञ्जमा एक जना महिलाको हत्या भएको छ ।

शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने पुनम देबीको हत्या भएको हो ।

उनको टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

पुनमको शब आफनै घरमा बिहान मृत्यु भएको अवस्थामा फेला परेको थियो ।उनको शबलाई हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

सुचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शब नियन्त्रणमा लिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि अनुसन्धानको लागि मगाइएको  थियो ।मृतक महिलाको श्रीमान कामको शिलशिलामा र छोरा अध्यनको लागि भारतमा बस्दै आएका थिए ।महिला एक्लै घरमा बस्दै आएकी थिईन ।

पुनमको हत्या कसले र किन गरयो यसबारेमा हालसम्म केही खुल्न सकेको छैन ।पछिल्लो समय वीरगञ्जमा र पर्सामा नै हत्याको श्रृख्लामा बृद्धि भएको छ ।

यसअघि गत असोज १ गते नै पर्साको जगरनाथपुर गाउँपालिकामा एक महिलाको हत्या भएको थियो ।

जगरनाथपुर ५ की ५६ बर्षिय कान्ति देबी बिनको हत्या भएको थियो ।उनको हत्यामा सँलगन उनकै देवर र जेठाजु गरि तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरि गत मँगलबार सार्बजनिक गरेको थियो ।

Write your Comment