सिमरा ।
बाराको जीतपुरसिमरामा कार्यालय रहेको पर्सा राष्ट्रिय निकुञ्जमा आएका प्रमुख संरक्षण अधिकृतलाई यहाँको पर्यटन अभियानसंग जोडिएका व्यत्तीहरुले स्वागत गरेका छन् ।
केहीदिन अघिमात्रै जिम्मेवारी सम्हाल्न बिभागबाटै सरुवा भई आएका प्रमुख रामचन्द्र खतिवडालाई शनिवार निकुञ्ज परिसरमा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
कार्यक्रममा बोल्दै पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेले पर्सा राष्ट्रिय निकुञ्ज देशका अन्य निकुञ्जको तुलनामा निकै पछी परेको भन्दै खतिवडालाई ध्यानाकर्षण गराएका छन् ।
यस वर्ष जीतपुरसिमरा उपमहानगरले निकुञ्ज घुम्ने यात्रुहरुका लागी जंगल सफारी सवारी साधन खरिद गर्ने भएसंगै निकुञ्जमा जंगल सफारी गर्ने पर्यटकको संख्यामा पनी उलेख्य वृद्धी हुने लामिछानेले बताए ।
यस निकुञ्जमा ‘नेचर टुरिजम’को सम्भावना प्रशस्त रहेको भन्दै पर्सालाई चितवन र सौराहासंग जोड्न सकिने सम्भावना बारे कार्यक्रममा छलफल भएको थियो ।
यसैविच प्रमुख खतिवडाले पर्सा निकुञ्जलाई मधेशको पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । सिमाना जोडिएका स्थानिय तहहरुसंग समन्वय र सहकार्य गर्न निकुञ्जले कुनै कसर बाँकी नराख्ने भन्दै उनले सौराहा र पर्सा निकुञ्जलाई एउटै ट्रयाक र एउटै भ्रमण टिकटले घुम्न सकिने बनाउन आफु लागी पर्ने बताए ।
जसका कारण पर्सा निकुञ्ज भ्रमणमा निस्किएका पर्यटक चितवन निकुञ्ज गएर बास बस्न सक्नेछन् भने चितवनको सौराहाबाट भ्रमणमा निस्किएका पर्यटक अमलेख्गञ्ज आएर बास बस्न सक्नेछन् ।
कार्यक्रममा जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ,बाराका अध्यक्ष अर्जुन लम्साल, भिमेश्वर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पेसल मुल्मी लगाएतले संरक्षण अधिकृत खतिवडालाई शुभकामना दिएका छन् ।
Write your Comment