सिमरा ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ डकाह-पैनीटोलमा प्रथम वडा अध्यक्ष गोल्ड कप २०८० हुने भएको छ । स्थानिय मित्र यूवा क्लबको आयोजनामा यही असोज २२ आजबाट गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।
विजयादशमी दिपावली र छट वर्पको असवर पारेर प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष गुण बहादुर तुम्सिङले जानकारी दिनु भयो ।
प्रतियोगिमा जिल्लाका १२ वटा टिमको सहभागिता रहेको छ । पहिलो हुने प्रतियोगिले ५० हजार र दोस्रोले २५ हजार नगद सहित ट्रफी प्राप्त गर्ने छन् ।
यस्तै उत्कृष्ठ लेखाडीहरुका लागि विधागत सहित दैनिक मेन अफ दि म्याचको पुरस्कार प्रदान गरिने ब्यवस्था मिलाईएको क्लबका अध्यक्ष तुम्सिङले जानकारी दिनु भयो । प्रतियोगिता कार्तिक ३ गते सम्म संचालन हुने छ ।
वडा अध्यक्ष फुटबल प्रतियोगितामा सहभागि टिमको नाम तथा खेल तालिका निम्न छ ।
Write your Comment