बारा ।
फेटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कमलेशकुमार मिश्रले सम्हालेका छन् । प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, उपाध्यक्ष निलम साहलगायतले स्वागत गरेका हुन् ।
मिश्र यसअघि बारागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । प्रमुख प्रशासकीय अधिकृत मिश्रले फेटा गाउँपालिकाको विकासका लागि निर्वाचित जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोग जुटाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहमा सीमित अनुभवका बाबजुद विभिन्न सङ्घसंस्थामा काम गरेको अनुभवलाई गाउँपालिकाको विकासका लागि उपयोग गरिने उनले बताए ।
Write your Comment