जीतपुरसिमरा : नगौलका स्थानिय किन पुगे वडा कार्यालय ?

रातोघर

 २३ आश्विन २०८०, मंगलवार १५:११  मा प्रकाशित
५९९ पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका, वडा नम्बर ६ का केही स्थानियहरुले वडा कार्यालयमा भूमिहीन किसानको समस्या समाधानबारे वडामै पुगेर असन्तुष्टी पोखेका छन् ।

नेपाल सरकारले भूमिहीन र अव्यवस्थित वसोवासीहरुको लागि व्यवस्थापन गर्न ३५ दिने सुचना जारी गरेपनि वडा कार्यालयले कुनै सुचना नदिएको र सिफारिस समेत नगरेको उनीहरुको आरोप छ ।

यता वडा अध्यक्ष कैमुदिन अंसारीले भने भूमिहीनको बिषयमा काम भइरहेको भन्दै भूमिहीन सर्वदलिय समिती समेत गठन भई आयोगसंग समन्वय भइरहेको बताए ।

उनले वडामा रहेका भूमिहीनका बिषयमा आफु गम्भिर रहेको भन्दै वडा कार्यालय नै घेराउ गनुपर्ने अवस्था नरहेको बताए ।
‘घेराउ कसैले गरेको होइन, उहाँहरु काम छिटो गनुपर्यो भन्ने हिसावले आउनुभएको हो’, उनले रातोघरलाई भने, ‘सिफारिसको बिषयलाई पनी अतिरञ्जित गरिएको हो । ’

उनले वास्तविक सुकुम्वासीका लागी कुनैपनी सिफारिस रोक्ने कार्य नभएको भन्दै सुकुम्वासीका नाममा प्रशस्त जग्गा जमिन भएकाहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गा भोगचलन गर्दै आएकोमा उनीहरुले समेत सिफारिस माग गरेको भएर समस्या उत्पन्न भएको उनले तर्क दिए ।

राजनैतिक दाउपेच साँध्न म माथी आरोप लगाइएको भन्दै उनले भूमिहीन अव्यवस्थित स्थानिहरुलाई व्यवस्थापन गर्न आफु लागी परेको समेत उनले बताए ।

नगरका कर्मचारीहरु आन्दोलित भएका कारण बिभिन्न सिफारीहरुमा केहीदिन यता समस्या भएको स्विकार्दै उनले सुचनाको म्याद भित्रै सवैको सिफारिस सम्वन्धित ठाउँमा पुग्ने प्रतिवद्धता समेत जनाए ।

Write your Comment