पप्पु कन्स्ट्रक्सनलाई एक करोड १४ लाख जरिवाना

रातोघर

 २३ आश्विन २०८०, मंगलवार १६:४२  मा प्रकाशित
१९० पाठक संख्या



वीरगञ्ज ।

पप्पु कन्स्ट्रक्सनले जोइन्ट भेञ्चरमा ठेक्का लिएको टेकु-कालीमाटी जोड्ने पुलमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले यस्तो फैसला गरेको हो ।

विशेषका उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार सुमित रौनियारलाई एक करोड १४ लाख ७६ हजार जरिवाना हुने सजाय सुनाइएको छ भने बाँकी चारजनाले सफाइ पाएका छन् । रौनियार पुल निर्माणको ठेक्का पाएका जेड्आइइसी–पप्पु जेभीका अख्तियारनामा प्राप्त व्यक्ति हुन् ।

ठेक्काको म्याद थप माग गरेका बखत कार्य आवश्यक कागजात नल्याई रौनियारले कानूनबमोजिम कार्य नगरेको अख्तियारको आरोप थियो । उनले कार्य सम्पादन जमानत नवीकरण गरी ल्याउनुपर्नेमा सोअनुसार नल्याई एक करोड ७२ लाख १४ हजार रुपैयाँको मात्र कार्यसम्पादन जमानत नवीकरण गरी ल्याएको र सोहीअनुसार म्याद थप गराइ एक करोड १४ लाख ७६ हजार को कार्यसम्पादन जमानत फुकुवा गरी लगेको अनुसन्धानले देखाएको थियो ।

Write your Comment