सिमरामा लायन्स क्लवको संयुक्त शुभकामना आदानप्रदान सम्पन्न

रातोघर

 २०८० कार्तिक ३, शुक्रबार  मा प्रकाशित
४४३ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमरामा लायन्स क्लवले संयुक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

जीतपुरसिमरामा रहेका ५ क्लवहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । लायन्स क्लव जीतपुरसिमरा, लायन्स सिमरा जागरण, लायन्स सिमरा युथ, लायन्स जीतपुर युथ र लायन्स अमलेखगञ्जको आयोजनामा सिमरा स्थित सिमरा बिजनेस सेन्टरको परिसरमा दशै तथा दिवापली र छठ् पर्वको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संघिय सांसद किसान श्रेष्ठ, प्रदेश सांसद देव नारायण चौधरी, जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, नेपाल पत्रकार महासंघ बाराका सभपती रेशम तिवारी लगाएत स्थानिय समाजसेवी र लायन्स पदाधिकारीहरुको कार्यक्रममा उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban