बाराको कलैयामा प्रधानाध्यापकमाथी गोली प्रहार, उपचारको क्रममा मुत्यु

रातोघर

 २०८० कार्तिक १३, सोमबार  मा प्रकाशित
४४४ पाठक संख्या


सिमरा ।

बाराको कलैयामा एक प्रधानाध्यापक माथी गोलि प्रहार गरि हत्या गरिएको छ । कलैया स्थित बाल एकता अङ्ग्रेजी स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकार  माथी २ वटा मोटरसाईकलमा चढिआएका ४ जनाको समुहले कलैय मदर्शा टोलमा गोलि प्रहार गरेका थिए ।

घाँटी तथा छातीमा दुई गोलि लागेको स्वर्णकारको अवस्था गम्भीर भई कलैया अस्पतालमा उपचार हुन नसकेपछी  बिरगंज स्थित बयोधा मेडिसिटि हस्पिटल लगिएको थियो ।

बयोधा लाने क्रममा बाटोमै स्वर्णकारको ज्यान गएको प्रहरीले बताएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban