महिला अधिकारकर्मीको नाममा चिनिने पुजा पाठकमाथी ठगीको आरोप

रातोघर

 २०८० कार्तिक १९, आईतबार  मा प्रकाशित
३४९ पाठक संख्या


सिमरा ।

पूजा पाठक (रेखा पाठक) भनेर चिनिने मेची महाकाली बुहारी संयुक्त आवाजको मधेश प्रदेश संयोजकलाई उक्त संस्थाको केन्द्रिय कार्यसमितिको बैठकले आर्थिक हिनामिनाको आरोपमा निस्कासित गरेको छ।

उक्त संस्थाले एक सार्वजनिक सूचना जारी गरि मिति २०८० कार्तिक १५ मा बसेको केन्द्रिय कार्यसमितिको बैठकको निर्णयअनुसार निज पाठकलाई संस्थाको विधान विपरित विभिन्न व्यक्तिको नाममा अनावश्यक चेक काट्दै गरेको र आजिवन सदस्य बनाई केन्द्रमा हिसाब नबुझाएको, पटक पटक छलफल र सहमती हुँदा पनि संस्थाको रकम बुझाउन नसकेको भनि आर्थिक हिनामिनाको कारण उल्लेख गर्दै पदबाट बर्खास्त गरेको हो ।

जारी गरिएको सार्वजनिक सूचनामा अब उपरान्त निजसँग कुनै संस्थागत आर्थीक कारोबार नगर्नु नगराउनु हुन सम्बन्धीत सबैको जानकारीको लागी यो सूचना जारी गरिएको छ भनि सर्वसाधारणलाई सूचित गरिएको छ ।

आर्थिक हिनामिनाको मामिलामा पटक पटक विवादमा तानिए पछि पछिल्लो समय निज पाठकले बिभिन्न बहानाबाजी गर्दै उठेको रकम हिनामिना गरि समयमा संस्थामा रकम जम्मा नगरेको उक्त सँस्थाका एक केन्द्रिय सदस्य  बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban