लक्ष्मी पूजाको दियोबाट आगलागी, प्रहरी सहित २५ जना घाइते

रातोघर

 २०८० कार्तिक २७, सोमबार  मा प्रकाशित
६७९ पाठक संख्या


विराटनगर ।

मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि ४ प्रहरी सहित २५ जना भन्दा बढी घाइते भएका छन् ।

राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा लक्ष्मी पूजाका लागि बालिएको दियोबाट आगलागी भएको हो ।

घाइतेहरु मध्ये ९ जनाको विराटनगर र १० जनाको बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban