बाराको पथलैयामा मेची-महाकाली पदयात्रीलाई स्वागत

रातोघर

 २७ कार्तिक २०८०, सोमबार १७:२७  मा प्रकाशित
५६८ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरामा मेचीमहाकाली पदयात्री नित्यानन्द शर्मा कँडेललाई स्वागत गरिएको छ । नगर उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ बाराले जीतपुरसिमरा स्थित पथलैयामा स्वागत गरेको हो ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने र होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालले पथलैयाको मुख्य चौकमा खादा ओढाएर सम्मान गरेका छन् । उनी एक रात पथलैयामा वास बसी भोलीपल्ट पश्चिम यात्रामा निस्किएका हुन् ।

उनले १८ औँ दिनसम्म कुनैपनी सवारी साधन प्रयोग गरेका छैनन् । सडक पार गर्ने क्रममा जंगली क्षेत्रमा भने प्रहरीको सहयोग माग्ने गरेका छन् ।

यात्री शर्माले पुर्वको यात्रा सम्पन्न गरी १८ औँ दिनमा पथलैया आइपुगेका छन् । बागमती न.पा. ११ सर्लाही स्थाई घर भएका शर्माले पश्चिमको यात्रा शुरु गरेका छन् ।

६५ वर्षका शर्मा एक्लै पैदल यात्रामा मेची महाकालीको यात्रा तय गर्दैछन् । उनले बिभिन्न ४ वटा मागपत्र सहित यात्रामा निस्किएका हुन् । कृषीमा आत्मनिर्भरता, राष्ट्रिय संस्कार र राष्ट्रियताको संरक्षण , बिलासिताका वस्तु आयातमा प्रतिस्थापन लगाएतका मागहरु राखेर उनी देशदौडाहामा लागेका हुन् ।

Write your Comment