दुर्गा प्रसाईँलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्चमा रिट

रातोघर

 २०८० मंसिर ८, शुक्रबार  मा प्रकाशित
६४४ पाठक संख्या


काठमाडौँ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

बिहिबार बल्खुमा प्रदर्शन गरेको प्रसाईँ नेतृत्वको समूहले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले विज्ञप्ती जारी गर्दै प्रसाईँ समूहलाई तिनकुनेमा प्रदर्शन गर्न अनुमति नदिएको बताएको थियो ।

प्रशासनले अनुमति नदिएसँगै तिनकुनेमा प्रदर्शन गर्न पुगेका प्रसाईँ समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । समर्थकलाई नियन्त्रणमा लिएसँगै प्रहरीले प्रसाईँलाई समेत उनकै निवासमा नजरबन्दमा राखेको छ ।

प्रसाईँलाई नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइ रिट दर्ता गराएका हुन्  ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban