बडहर्वा खेलमैदानमा माघ १३ बाट तेस्रो मनहर्वा गोल्डकप हुने

पुष्पराज खतिवडा

 २०८० पौष १२, बिहिबार  मा प्रकाशित
६३० पाठक संख्या


मनहर्वा ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा न.१८ को बडहर्वा खेल मैदानमा १३ माघ देखी तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

बडहर्वा स्थीत मौवादेवी यूवा क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता तयारीका सम्बन्धमा विभिन्न चरणमा छलफल  सहित अर्थ संकलनको काम भैरहेको आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले बताए ।

बारा, पर्सा, चितवन, मकवानपुर , सर्लाही र रौतहट जिल्लाका विभिन्न ८ वटा टिमलाई प्रतितयोगितामा सहभागि गराउने प्रयास अन्तीम चरमा रहेको छ । खेल मैदानको सरसफाई सहितको आवश्यक तयारी समेत भैरहेको उनले जानकारी दिए ।

स्थानियबासी, स्थानिय संघ / संस्था र जितपुरसिमरा उपमहानगगरपालिका, वडा नं.१८ सहितका अन्य वडाहरुबाट समेत प्रतियोगिता सम्पन्न गर्नेगरी आर्थीक सहयोग गर्ने काम भैरहेको यादवले जानकारी दिए ।

करिब २१ लाख रुपैयाको लागत अनुमान गरिएको प्रतियोगिताको विजेतालाई २ लाख एक रुपैंया र उपविजेतालाई १ लाख एक रुपैंया पुरस्कार प्रदान गरिनेछ । यस्तै दैनिक हुने खेलका उत्कृष्ठ खेलाडी, प्रतियोगिताका उत्कृष्ट, सर्वाधिक गोलकर्ता खेलाडीलाई समेत पुरस्कृत गरिने छ, अध्यक्ष यादवले भने ।

साविक मनहर्वा गाविस भरीका यूवा, सामाजिक अगुवा खेलप्रेमीहरुलाई समेटेर विभिन्न चरणमा भएको छलफलपछी प्रतियोगिता हुन लागेकाले सौहार्द र शुरक्षीत प्रतियोगिता सम्पन्न गरिने छ, उनले भने ।

२०६९ मा पहिलो र २०७१ मा दोस्रो मनहर्वा गोल्डकप सम्पन्न भएको थियो । पहिलो प्रतियोगिताको उपाधी एपिएफ पिलुवा र दोस्रो एनजेजेवाईसी समिराले जितेका थिए । यस्तै पहिलो प्रतियोगितामा एनजेजेवाईसी सिमरा र दोस्रोमा एपिएफ पिलुवा उपविजेता थिए ।

पहिलो प्रतियोगिताको पुरस्कार राशी २५ र १५ हजार रुपैयाँ थियो । भने दोस्रोमा १ लाख १ रुपैंया र ५१ हजार १ रुपैंया थियो । दोस्रो प्रतियोगिता सम्पन्न भएको ९ बर्षपछी तेस्रो मनहर्वा गोल्डकपको आयोजना गर्न लागिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban