

सिमरा ।
जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । यस भेगकै जेठो सहकारीका रुपमा स्थापित सहकारी संस्था सिमराको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पानसमा वत्ती बालेर उद्घाटन गर्दै कार्यक्रममा संस्थाकी अध्यक्ष कमला घिमिरेले प्रतिवदेन प्रस्तुत गरेकी हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख पौडेलले मध्यवर्ती सहकारीले वन, वातारवण र पर्यावरणका क्षेत्रमा काम गर्न पालीकाले सहकार्य गर्ने भन्दै नयाँ योजनाहरुको प्रस्तावता आह्वान गर्न आग्रह गरे ।
उनले सहकारी क्षेत्रमा बिभिन्न बिकृती भएतापनी जनकल्याणले बिगत लामो समयदेखी सेयर सदस्यमुखी कार्यक्रमहरु संचालन गर्दै आएको प्रती खुशी व्यक्त गरे ।
विस २०५९ सालमा स्थापित यस सहकारीले निरन्तर प्रगति गर्दै गएको अध्यक्ष घिमिरेले जानकारी दिइन् । पूर्ण रुपमा समुदायमा आधारित रहेर सदस्यहरुको आर्थिक सामाजिक स्तर उकास्न मद्यत गरेको संस्थाले आर्थिक वर्ष २०७९\०८०मा ४३ लाख ३४ हजार ९ सय ८९ रुपियाँ नाफा गर्न सफल भएको बताइएको छ ।
कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो कार्यक्षेत्र भित्र रहेका नेपाल राष्ट्रिय मावि पथलैयाका कक्षा ६ मा पढ्ने छात्र र कक्षा १२ मा अध्यनरत छात्रालाई सम्मान गरेको छ । यस्तै कार्यक्रममा असल कारोवारी सोनामति देवी उरावनीलाई सम्मान गरिएको थियो ।
संस्थाले संस्थाका जेष्ठ नागरिक सदस्य, असल वचत समूह लगायतलाई सम्मान गरेको थियो । यसैगरी उत्कृष्ट वर्ष कर्मचारी सम्मानबाट संस्थाका सहव्यवस्थापक सरस्वती सिटौलालाई सम्मान गरिएको थियो ।
साधारण सभाको वन्द सत्रमा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गरिएको थियो । कार्यक्रममा जीतपुरसिमराका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, केन्द्रीय सहकारी संघ नेप्सकुनका केन्द्रीय सदस्य शोभा राउत, वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ , बारा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, समाजसेवी नारायणी रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले विना कलेक्टर पनि वचत र कारोवारको काम गरिरहेको भन्दै सहकारीको प्रशंसा गरेका थिए । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद रिमालले स्वागत मन्तव्य राखेका थिए ।










Write your Comment