

बारा ।
लिटिल बुद्धका नामले परिचित तपस्वि रामबहादुर बम्जन पक्राउ परेसँगै हस्त बहादुर आलेको परिवारमा वेपत्ता छोराको अवस्था पत्ता लाग्नेमा आशा पलाएको छ । तपस्वि बम्जनका अनुयायीका रुपमा रहेका सुरेश कुमार आले २०७२ जेठबाट बेपत्ता छन् । उनको खोजि र घर फर्कने आशमा रहेका आमाबुवा, हजुरआमा, दिदिहरु, आफन्त र छिमेकी परिवारमा तपस्वी बम्जन पक्राउ परेसँगै आशा पलाएको हो ।
२०३९ साल फागुनमा जन्मीएका सुरेश कक्षा १२ को पढाई सकेर स्थानिय एक निजी विद्यालयमा पढाउँदै थिए । २०६२ साल जेठमा बम्जन तपस्यामा भेटीएपछी नजिकिएका सुरेश विद्यालयको जागिर छाडेर अनुयायीका रुपमा त्यतै धाउन थाले । तहाँ रहँदै बस्दै गरेका उनी समय समयमा घर आउने र जाने गर्दै थिए ।
यस विचमा तपस्वि बम्जन र उनका अनुयायीहरुले बाराको चारकोशेझाडी हलखोरियामा आश्रम बनाए र त्यहीँ बस्न थाले । पछी जिल्ला वन कार्यालयले कानुन विपरित जंगलमा घर बनाएको भन्दै त्यहाँबाट बम्जनलाई हटाएपछी उनी सिन्धुली, सर्लाही सिन्धुपाल्चोक लगायतका विभिन्न स्थानमा आश्रम बनाई बस्दै आएका थिए । बम्जन विस्वास पात्रका रुपमा खास नजिक रहेर सुरेशपनि बस्दै आएका थिए ।
यसैक्रममा सुरेश २०७२ बैशाष १२को भुकम्पपछी घरआएका थिए । त्यस समय लामै समय घरमा बसे । घर परिवारमा उनको विवाहको कुरा चलिरहेको थियो । विवाह गर्ने विषयमा उनी सकारात्म बन्दै थिए । त्यस बिचमा उनका गुरु तपस्वि बम्जनले समेत विवाह गरिसेका थिए ।
घर बसिरहेकाबेला सोही साल जेष्ठ दोस्रोसाता बम्जनका अर्का सहयोगि जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ निवासी जसबहादुर वाईवाले घर बसिररेहका सुरेशलाई गुरुबाट बोलावट भएको भन्दै घरबाट लगेका थिए ।
त्यसयता सुरेश वेपत्ता छन् । उनको खोजि गरिदिन बाबु हस्त बहादुर आलेले बारा प्रहरीमा तपस्वी बम्जन र घरबाट लैजाने वाईवा विरुद्ध २०७५ पौष १३ मा जाहेरी समेत दिएका छन् । सुरेशका बुवाको जाहेरीपछी पटकपटक प्रहरी कार्यालयमा उपस्थीत भएर वाईवाले आफुले गुरु बम्जनले बोलाएको सुचना लगेर सुरेशलाई सुनाएको र उनी तत्कालै आश्रम जाने भनेपछी पूर्वपश्चिम राजमार्गको पिलुवा चोक सम्म आफ्नो मोटरसाईकलमा लगी छाडिदिएको बताएका छन् ।
त्यस समयमा गुरु सर्लाहीमा हुनुहून्थो । पछीबुझ्दा सुरेश आश्रम पुगेको थाहा भयो । त्यपछी मपनि विरामी भएर काठमाण्डौ तिर बस्न थाले । सुरेशको अवस्था मलाई थाहा भएन, उनले भनेका छन् ।
छोरा हराएको ८ बर्ष वित्नैलागेको छ । मेरो छोरा लगेर वेपत्ता पारिएको छ । उ जिउँदो भए सास, मरेको भए लाश चाहियो । बेपत्ता सुरेशका बुवाले भन्नु भयो । पक्राउ परेका तपस्वि बम्जन र उनका सहयोगी वाईवा दुबैलाई प्रहरीले अनुन्धान गरोस् । मेरो छोरो पत्ता लगाईदियोस् भन्न चाहन्छु ,उनले भने ।
हामीले छोराको खोजी र पर्खाईमा धेरै दुःख पाएका छौं । बम्जनको पक्राउले उनको अवस्था पत्ता लाग्ने आशा पलाएको छ । मेरो छोरा जिवितै फेलापारीदिनेगरी सरकारले प्रहरीले काम गरोस्, गहभरी आँशु पार्दै वेपत्ता सुरेशका ६७ बर्षका हस्त बहादुरले भने ।
काठमाण्डौ बुढालिकण्ठबाट मंगलबार पक्राउ परेका बम्जन विरुद्ध अनुयायी बेपत्ता बलात्कार र हत्या रगेको आरोप छ । पक्राउ परेका उनीको साथबाट प्रहरीले १७ देशका मुद्रा सहित ३ करोड ४ लाखरुपैंया बढी रकम समेत बरामद गरेको जनाएको छ ।





Write your Comment