जीतपुरसिमराले उठायो दश करोड ७८ लाख बढी राजश्व

रातोघर

 २०८० माघ १, सोमबार  मा प्रकाशित
६९० पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरले आर्थिक वर्ष २०८०/८१ को पौष मसान्त सम्म १० करोड ७८ लाख बढी राजश्व संकलन गरेको छ ।

उपमहानगरको पौष मसान्तसम्मको तथ्याँकमा १० करोड ७८ लाख ५६ हजार ६१ रुपैँया राजश्व मध्ये सवैभन्दा बढी सम्पत्ती कर संकलन भएको छ । आ.व.को पौष मसान्तसम्म मात्रै नगरले ४ करोड बढी राजश्व संकलन गरेको हो ।

मसान्तमा अन्तिम दिन मात्रै नगरमा ३ करोड राजश्व संकलन भएको छ । सवैभन्दा बढी कर जगदम्बा स्टिल कम्पनीले तिरेको छ । कम्पनीले मसान्तमा १ करोड ८३ लाख सम्पत्ती कर बुझाएको छ ।

त्यसैगरी मसान्तसम्मको तथ्याँकमा उपमहानगरमा करिव ६८ लाख भुमी तथा मालपोत कर संकलन भएको छ भने नक्सा पास दस्तुर २६ लाख भन्दा बढी संकलन गरेको छ ।

यता नगरको स्वामित्वमा रहेको व्यवसायीक सटरमा उठ्न बाँकी रहेको बहाल करमा समेत उलेख्य वृद्धी भएको छ । मसान्तसम्म जग्गा तथा घरबहाल करमा ४२ लाख ७० हजार राजश्व संकलन भएको छ ।  उपमहानगरमा नदिजन्य वस्तु बिक्रीको कर उठ्न बाँकी छ ।

यो आर्थिक वर्षमा करिव १५ करोडको आन्तरिक आयको लक्ष्य राखेको उपमहानगरले पौष मसान्तभित्रै करिव एघार करोड राजश्व संकलन गर्न सफल भएसंगै लक्ष्यभन्दा बढी राजश्व संकलन हुने उपमहानगरको अनुमान छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban