

काठमाण्डौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ नेतृत्व पाएको छ । आईबार सम्पन्न वित्तिय संस्थाको २२ औं बार्षिक साधारणसभले सञ्चालकमा ६ जनालाई सर्वसहमत नेतृत्व चयन गरेको हो ।
भक्तपुरको बोडे स्थीत कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वकालागि ६ जना सञ्चालक निर्वाचित गरेको हो । नयाँ सञ्चालकहरुमा खेम बहादुर पाठक, डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भिम प्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ ।
ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्थाहरु र समान प्रकृतिका अन्य संस्थाहरुमा थोक कर्जा प्रदान गर्दै आएको साना किसान विकास लघुवित्त वित्तीय संस्था २०५८साल असार २२ मा स्थापना भएको हो ।
कृषि विकास बैंकको अगुवाईमा स्थापना भएको यस वित्तिय संस्थामा कृषि विकास बैंक सहित स्टाण्डर चार्टडर, नबिल, हिमालयन, नेपाल ईन्भेष्टमेन्ट मेघा, नेपाल बैंक, नेपाल एसवीआई बैंक, एभरेष्ट बैंक, एनआसी एसिया, सिद्धार्थ, ग्लोबल आईएमइ, राष्टिय बाणिज्य बैंक, कुमारी बैंक र देशभरका २३१ साना किसान कृषि सहकारी संस्थाहरुको लगानी रहेको छ ।

नयाँ सञ्चालक समिति
देशका ७७ वटै जिल्लामा सेवा पुर्याएको यस वित्तीय संस्थाको चुक्तापुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ रहेको छ । जसमध्य साना किसानहरुको सबैभन्दा धेरै २५।८२ प्रतिशत प्राथमिक शेयर रहेको यस संस्थामा कृषि विकास बैंकको १३।०२ प्रतिशत रहेको २२ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्राथमिक शेयरका अनुपातका आधारमा साना किसान कृषि सहकारी संस्था चैनपुर धादिगबाट प्रतिनिधित्व गरेका पूर्व अध्यक्ष समेत रहेका पुनःसंचालकमा निर्वाचित खेमबहादुर पाठकले वित्तिय संस्थाको नेतृत्व पाउने निश्चीत छ ।
यो संस्थामा २०८० असार २८ गते सोही प्रकृतीको अर्को संस्था आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभिएको थियो । ५ सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा वित्तीय संस्थाको सेवा पुगेको बताईएको छ ।
११ प्रतिशत दलित , ३९ प्रतिशत जनजाती र ५० प्रतिशत अन्य जातजातीका परिवार आवद्ध कार्यक्रममा महिलाको मात्रै सहभागिता ७९ प्रतिशत रहेको कार्यक्रमा संस्थाले जानकारी दियो । वित्तिय संस्थाले २०८९।०८०मा गरेको मुनाफाबाट १५ प्रतिशत शेयर लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।
कार्यक्रम वित्तिय संस्थाका अध्यक्ष खेमबहादुर पाठको अध्यक्षतामा सम्पन्न भएको हो ।





Write your Comment